नियम १४
आय आर्जनको नयाँ योजना स्वीकृत र कार्यान्वयन सम्बन्धी विशेष व्यवस्था

(१) आय आर्जन हुने नयाँ योजना तर्जुमा गर्दा प्रस्ताविक योजनाको सम्भाव्यता अध्ययन, आर्थिक, प्राविधिक, वातावरणीय उपयुक्तताको विचार गरी योजना बनाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम योजना तर्जुमा गर्दा समितिले आवश्यकता अनुसार दक्ष प्राविधिकहरूको उपसमिति गठन गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम गठन भएको उपसमितिले पेश गरेको प्रतिवेदन उपयुक्त लागेमा समितिले योजना कार्यान्वयनको लागि स्वीकृत दिन सक्नेछ ।